एजेन्सी । जोर्गिन्हो अन्तिम समयमा पेनाल्टीमा चुकेको खेलमा इटालीले विश्वकप फुटबलको युरोपेली छनोटमा स्विटजरल्याण्डसँग बराबरी खेलेको छ ।
शुक्रबार राति इटालीले समूह सीको खेलमा स्विटजरल्याण्डसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
बराबरीको नतिजासँगै इटाली विश्वकप छनोटको नजिक पुग्ने अवसर गुमाएको छ ।
खेलको ११ औं मिनेटमा पाहुना टोली स्विटजरल्याण्डका विडमारले टिमलाई अग्रता दिलाएका थिए । इटाली ३६ औं मिनेटमा जियोभानी डी लोरिन्जोको गोलमार्फत खेलमा फर्किएको थियो ।
विश्वकपमा सोझै छनोट हुन इटालीले अब अन्तिम खेल पर्खनुपर्ने भएको छ ।
सोमबार अब इटाली र नर्दन आयरल्याण्ड तथा स्विटजरल्याण्ड र बुल्गेरिया भिड्नेछन् । इटालीलाई जित निकाल्दै विश्वकपमा सोझै छनोट हुने अवसर छ । इटालीको गोल अन्तर दोस्रो स्थानको स्विटजरल्याण्ड भन्दा राम्रो छ ।
प्लेअफकै कारण इटालीले सन् २०१८ को विश्वकप गुमाएको थियो । स्विडेनसँग दुई लेगको खेलमा इटालीले हार ब्यहोरेको थियो ।
स्विटजरल्याण्ड समेत प्लेअफमा पराजित हुदै विश्वकप पुग्न असफल भएको थियो । तर नर्दन आयरल्याण्ड भाग्यमानी टोलीको रुपमा रसिया विश्वकपमा सहभागी बनेको थियो ।
समूह सीमा इटाली र स्विटजरल्याण्डको समान १५ अंक छ ।