काठमाडौं । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले उरुग्वेलाई हराएको छ ।
शुक्रबार राति अर्जेन्टिनाले उरुग्वेलाई १-० गोल अन्तरले हराएको हो ।
अर्जेन्टिनाको जितमा एन्जल डि मारियलो विजयी गोल गरे ।
खेलको सातौ मिनेटमा पाब्लो ड्याबालाको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका थिए ।
जित सहित अर्जेन्टिनाले १२ खेलबाट २८ अंक जोडेको छ । अर्जेन्टिना विश्वकप छनोटको नजिक पुगेको छ । उरुग्वे १६ अंक सहित छनोट तालिकाको छैटौं स्थानमा छ ।
विश्वकप छनोटमा अपराजित रहदै ब्राजिल कतार विश्वकपमा छनोट भैसकेको छ ।