एजेन्सी । हान्सी फ्लिकले जर्मनीको प्रशिक्षकको रुपमा इतिहास कायम गर्दा विश्वकप छनोटमा टिमले प्रभावशाली जित दर्ता गरेको छ । फ्लिकले जर्मनीको प्रशिक्षकको रुपमा सुरुवाती ६ खेलमा जित दर्ता गरेर इतिहास कायम गरेका छन् ।
बिहीबार राति कोभिडबाट प्रभावित जर्मनीले १० खेलाडीमा सिमित लिचेस्टाइनमाथि ९–० को प्रभावशाली जित दर्ता गर्यो ।
फ्लिकले टिममा ब्यापक परिवर्तन गरेका थिए । डिफेन्डर निकलास सुले कोभिडबाट संक्रमित भएपछि फ्लिकले ५ खेलाडीलाई टिम बाहिर राखेका थिए ।
घरेलु टोली जर्मनीका लागि थोमस मुलर र लियो सानेले समान २–२ गोल गरे । जर्मनी यसअघिनै कतार विश्वकपमा छनोट भैसकेका छ ।
लिचेस्टाइन सुरुवाती १० मिनेटमै १० खेलाडीमा सिमित बनेको थियो । जेन्स हाफोर रातो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टोली खेलको सुरुवातमै १० खेलाडीमा सिमित बन्यो ।
प्राप्त अवसरमा म्यानचेस्टर सिटीका इल्के गुन्डोगनले पेनाल्टीमा गोल गर्दै जर्मनीलाई सुरुवाती अग्रता दिलाएका थिए ।
पाहुना टोलीका लागि बिहीबारको रात निराशाजनक रह्यो । लिचेस्टाइनले तीन मिनेटको अन्तरमा तीन गोल खाएको थियो ।
ड्यानियल काफमेनले २० औं मिनेटमा आत्मघाति गोल गर्दा लिरो साने र मार्को रिउसले लगातार दुई गोल थपेका थिए ।
फ्लिकले जोचिम लेउलाई प्रतिस्थापन गर्दै जर्मनीको टिम सम्हाल्न आइपुगेका हुन् । लेउले खेल अघि औपचारिक बिदाई पाएका थिए ।
पाहुना टोलीका म्याक्स गोपेलले खेलको अन्तिममा आत्मघाति गर्नुअघि जर्मनीका मुलर र रिड्ली बाकुले गोल गरेका थिए ।
युरोपेली छनोटको समूह जेमा रहेको जर्मनीले ९ खेलबाट २४ अंक जोडेको छ । लिचेस्टाइन १ अंक सहित ६ टिम सहभागी समूहको पुछारमा छ ।