काठमाडौं । ए डिभिजन क्लब थ्रीस्टारले तीन खेलाडीसँगको सम्झौता नविकरण गरेको छ ।
आसन्न ए डिभिजन फुटबल लिगका लागि थ्रीस्टारले विदेशी खेलाडीको रुपमा भारतीय फरवार्ड लालरम्मावियासँगको सम्झौता नविकरण गरेको हो ।
लालरम्मावियाले गत सिजन पनि लिग थ्रीस्टारबाटै खेलेका थिए ।
त्यसैगरी, मिडफिल्डर योगेश गुरुङ र डिफेन्डर मिन बहादुर धिमालसँगको सम्झौता समेत नविकरण गरेको छ ।
यस सिजनको लिग मंसिर ३ गतेबाट सुरु हुँदैछ ।
लिगको मिति नजिकिदै गर्दा क्लबहरुले खेलाडीहरुसँगको सम्झौतालाई तिव्रता दिएका छन् ।
गत सिजनको लिगमा थ्रीस्टार चौथों भएको थियो ।