काठमाडौं । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा मनाङ मर्स्याङदी फुटबल क्लब र संकटा क्लबले बराबरी खेलेका छन् ।
एन्फा कम्पलेक्स सात्तोबाटोमा बिहिबार भएको खेलमा मनाङ र संकटाले २–२ गोलको बराबरी खेलेका हुन् ।
मंसिर ३ गतेबाट हुने नयाँ सिजनको ए डिभिजन लिगलाई लिएर तयारीस्वरुप मनाङ र सकटाले मैत्रीपूर्ण खेल खेलेका हुन् ।
आजको खेलमा मनाङका लागि अञ्जन विष्ट र आफिज ओला डिपोले एक एक गोल गरेका थिए ।
यता संकटाका लागि उत्तम राईले दुबै गोल गरे ।
नयाँ सिजनको ए डिभिजन लिग कात्तिक २९ गतेबाट हुने भनिएपनि अखिल नेपाल फुटबल संघ (एन्फा)ले लिगलाई केही दिन पर सारेको हो ।
लिग अब मंसिर ३ गते सुरु हुनेछ ।
त्यसैको तयारीका लागि सहभागि टिमहरुले अहिले मैत्रीपूर्ण खेल खेलिरहेका छन् ।