काठमाडौं । एस्टन भिल्लाले स्टेफन जेरार्डलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।
क्लबले जेरार्डलाई साढे तीन वर्षका लागि क्लबको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । जेरार्डले रेन्जर्सको तीन वर्षको कार्यकाल सकाएर भिल्ला क्लबसँग अनुबन्धन सम्झौता गरेका छन् ।
जेरार्ड लिभरपुलका पूर्व कप्तान हुन् । स्कटल्याण्डको क्लबलाई पछिल्लो १० वर्षमा पहिलो पटक लिग उपाधि जिताएर जेरार्ड भिल्ला क्लबमा अनुबन्ध भएका हुन् ।
जेरार्डले क्लबमा डायन स्मिथलाई प्रतिस्थापन गर्नेछन् । स्मिथलाई क्लबले गत आईतबार बर्खास्त गरेको थियो । लगातार ५ खेलमा हार ब्यहोरेपछि क्लबले उनलाई बर्खास्त गरेको हो ।
भिल्ला क्लब प्रिमियर लिगको १६ औं स्थानमा छ । क्लब रेलिगेशन जोन भन्दा दुई अंकमात्र माथि छ ।
'एस्टन भिल्ला समृद्ध इतिहास र परम्परा भएको इङ्लिस क्लब हो । यस क्लबको मुख्य प्रशिक्षक बन्न पाउँदा मैले गर्व महशुश गरेको छु ।' जेरार्डले भनेका छन् ।