एजेन्सी । पोर्चुगलका स्टार बर्नाल्डाे सिल्भाले विश्वकप छनोट अन्तर्गत आयरल्याण्डविरुद्धको खेल गुमाउने भएका छन् ।
मांसपेशीमा आएको समस्याका कारण प्रशिक्षण समेत गुमाएका सिल्भाले विश्वकप छनोटको आयरल्याण्डविरुद्ध खेल्न नसक्ने भएका हुन् ।
पोर्चुगलले चोटका कारण सिल्भाले यस हप्ता हुने आयरल्याण्डविरुद्धको गुमाउने बताएकाे छ ।
प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका खेलाडी विश्वकप छनोटको अर्को खेलमा सर्बियाविरुद्ध मैदान फर्कने विश्वास गरिएको छ ।
सिल्भाले यस सिजन सिटीमा उत्कृष्ट खेल प्रर्दशन गरिरहेका छन् । तर उनी सोमबार अन्तराष्ट्रिय खेलका लागि प्रशिक्षणमा सहभागी हुन सकेनन् ।
प्रशिक्षक फर्नाल्डो सान्तोसले मांसपेशीमा आएको समस्या कारण सिल्भालाई टिम बाहिर राखिएको बताएका छन् ।
‘मैले उनलाई गनेको छैन ।’ सान्तोषले भनेका छन् ।
‘उनको मांसपेशीमा समस्या छ । मलाइ लाग्दैन उनको मैदान उत्रने अवस्था छ । उनी सर्वियाविरुद्धको खेलमा ठिक हुने हामीले ठानेका छौं ।’ उनले भने ।
विश्वकप छनोट अन्तर्गत दुई जितले पोर्चुगललाई कतार विश्वकपमा छनोट गराउनेछ ।
यस सिजन सिल्भाले सिटीका लागि १५ खेलमा मैदान उत्रिएका थिए । उनले तीन गोल गर्नुका साथै एक अवसर समेत सिर्जना गरेका थिए ।