काठमाडौं । भारतको राष्ट्रिय महिला फुटबल टिमले ब्राजिलसँग अन्तराष्ट्रिय प्रतियोगितामा खेल्ने भएको छ ।
भारतमा अर्को वर्ष हुने एएफसी एसिया कपको तयारी स्वरुप भारतको महिला टिमले ब्राजिलसँग खेल्ने भएको हो ।
ब्राजिल विश्वकप फुटबलको पूर्व उपविजेता टिम हो । भारतले पहिलो पटक ब्राजिलको महिला टिमसँग खेल्न लागेको हो ।
विश्व वरियताको ५७ औ नम्बरमा रहेको भारतीय टिमले नोभेम्बर २५ देखि डिसेम्बरसम्म हुने प्रतियोगितामा ब्राजिलमा घरेलु टिमसँग खेल्नेछ ।
साथै भारतीय टिमले ३७ औं वरियताको चिली र ५६ औं वरियताको भेनेजोएलासँग समेत प्रतियोगिताको दौरान प्रतिस्पर्धा गर्नेछ ।
विश्वकप २००७ को उपविजेता रहेको ब्राजिलको महिला टिमले २००४ र २००८ को ओलम्पिकमा रजत पदक प्राप्त गरेको थियो । ब्राजिल विश्व वरियताको सातौं नम्बरमा रहेको टिम हो ।
ब्राजिली टिमको नेतृत्व स्टार खेलाडी मार्टा सिल्भाले गर्ने बताईएको छ ।
एसिया कप आगामी वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म मुम्बइ र पुणेमा खेल्ने तालिका रहेको छ ।