एजेन्सी ।
म्यानचेस्टर युनाइटेडका व्यवस्थापक ओल गन सोल्सार अहिले इंग्ल्यान्डमा छैनन्, नर्वेतिर लागेका छन् ।
सायदी निजी कामले घर फर्केका छन् । तर म्यानचेस्टरबाटै भने उनी राम्रो समाचार आइरहेको छैन् । कतै उनी घरमै छँदा वर्खास्तीमा पर्ने त होइन् ?
अधिकांस बेलायती मिडियालाई आधार मान्ने हो भने म्यानचेस्टरका प्रमुख खेलाडीले आफ्ना व्यवस्थापकविरुद्ध विरोधको स्वर उठाउन थालेका छन् र यो लगभग विद्रोह जत्तिकै छ ।
उनको विरोधमा लागेका दुई प्रमुख खेलाडी हुन्, राेनाल्डाे र ब्रुनो फर्नान्डेज ।
संयोगले दुवै पोर्चुगाली खेलाडी हुन् ।
उनीहरू मात्र होइन्, अधिकांस खेलाडी सोल्सारको विपक्षमा देखिएका छन् ।
विशेषत: म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीको हातबाट पनि घरमै पराजित भए पनि यो स्थिति बनेको हो ।
लिभरपुलविरुद्धको हारबाट लज्जित म्यानचेस्टरका खेलाडीले सिटीविरुद्धको खेल पनि गुमाएपछि विरोधका शब्द बोल्न थालेका हुन् ।
फेरि टिममा त्यस्ता खेलाडी पनि देखिएका छन्, जसको आरोप छ, सोल्सार केही खेलाडीलाई बढी माया गर्छन् र बढी नै अवसर दिन्छन् । तर केही खेलाडीको काम वेञ्चमै कुहिने मात्र हुन थालेको छ ।
यो सबैको परिणाम सायद, सोल्सारको वर्खास्ती नै हुनेछ ।
बेलायती मिडियाले स्रोतलाई उदृत गर्दै के समेत लेख्न थालेका छन् भने म्यानचेस्टरका उच्च पदाधिकारी सोल्सारलाई हटाउनु पर्छ भन्ने धारणामा पुगिसके ।
ती पदाधिकारीको सबैभन्दा ठूलो गुनासो हो, सोल्सार सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप बराबर हुन सकेनन् ।
–मिररको सहयोगमा ।