काठमाडौं । त्रिभुवन आर्मी क्लबका स्ट्राइकर नवयुग श्रेष्ठले यस सिजनको ‘ए’ डिभिजन लिग फुटबल लगभग गुमाउने भएका छन् ।
प्रि–सिजन अन्तर्गत ब्रिगेड ब्वाईज क्लबसँगको मैत्रीपूर्ण खेलका क्रममा घाइते भएपछि श्रेष्ठले यस सिजनको लिग गुमाउने लगभग पक्का भएको क्लबले सामाजिक सञ्जालमार्फत जनाएको छ ।
खेलका क्रममा श्रेष्ठको घुँडामा चोट लागेको थियो ।
श्रेष्ठ नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर समेत हुन् ।
यस अघि आर्मीका विकास खवासले लिग गुमाउने पक्का भइसकेको छ ।
यस सिजनको लिग कात्तिक २९ गतेबाट सुरु हुँदैछ ।
लिग अघि क्लबहरुले तयारीलाई तिव्रता दिनुका साथै एकआपसमा मैत्रीपूर्ण खेल समेत खेलिरहेका छन् ।