एजेन्सी । म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बा फ्रान्सेली टिम बाहिर परेका छन् ।
‘थाइ’मा चोट बोेकेका म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पोग्बा फ्रान्सको विश्वकप छनोट खेल्ने टिम बाहिर परेका हुन् ।
२८ वर्षिय विश्वकप विजेताले खेलाडीले सोमबार अभ्यासका दौरान चोट बोकेका थिए । फ्रान्सेली फुटबल महासंघले अभ्यासको क्रममा पोग्बाले चोट बोकेको पुष्टि गरेको छ ।
सोही कारण शनिबार काजकिस्तान र नोभेम्बर १६ मा हुने फिनल्याण्डविरुद्धको खेलमा पोग्बा देखिने छैनन् ।
चोटकै कारण पोग्बाले युनाइटेडबाट आगामी खेल समेत गुमाउने पक्का भएको छ । युनाइटेडले अवे खेलमा नोभेम्बर २० मा वाटफोर्डसँग खेल्दैछ । पोग्बाले तीन म्याचको प्रतिबन्ध भोगेका छन् ।
अक्टोबर २४ मा लिभरपुलसँग ५–० ले पराजित बनेको खेलमा पोग्बाले रातो कार्ड पाएका थिए । साथै तीन खेलको प्रतिबन्धमा परेका थिए ।
फ्रान्सेली फुटबल महासंघएले पोग्बा दाहिने ‘थाइ’मा चोटको सिकार भएको बताएको छ ।
फ्रान्सलाई सन् २०२२ को विश्वकपमा छनोट हुन बाँकी दुई मध्य एक खेलमा जित आवश्यक छ ।
युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायर चोटकै कारण क्लबमा समस्यामा परेका छन् ।
पोग्बाका अन्तराष्ट्रिय सहकर्मी राफेल भाराने ह्यामस्टिङका कारण मैदान बाहिर छन् । चोटकै कारण शनिबार म्यानचेस्टर सिटीविरुद्धको खेल इडिसन काभानीले गुमाएका थिए । चोटकै कारण सोही खेलमा लुकी साले मैदान छाडेका थिए ।