काठमाडाैँ । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा रोङ गाउँपालिका क्वाटरफाइनल प्रवेश गरेको छ ।
आईतबार सम्पन्न नकाउट चरणको खेलमा दाङको तुलसीपुर उपमहानगरपालिकालाई ४–१ गोल अन्तरले पराजित गर्दै रोङले क्वाटरफाइनलको यात्रा तय गरेको हो ।
रोङको जीतमा इन्दिरा राईले ह्रयाट्रिक र कप्तान अनिता राईले १ गोल गरिन् ।
तुलसीपुरकी ममता पुन मगरले सान्तवना गोल फर्काइन् । खेलको 'प्लेयर अफ दि म्याच' रोङकी इन्दिरा राई घोषित भइन् ।
रोङ समुह ई को बिजेताको रुपमा नकाउट चरण प्रवेश गरेको हो ।
यता, तुलसीपुर समुह एफ को विजेताको रुपमा नकाउट चरणमा प्रवेश गरेको थियो ।
अब सेमीफाइनल प्रवेशका लागि रोङले २४ गते कैलालीको गौरीगङ्गा नगरपालिकासंग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिता अन्र्तगत साेमबार झापाको शिवसताक्षी नगरपालिका र ललितपुर उपमहानगरपालिका तथा बर्दियाको बाँसगढी नगरपालिका र कैलालीको धनगढी उपमहानगरपालिका बिच प्रतिस्पर्धा हुनेछ ।
कुल १० टोली सहभागि नकाउट चरणको बिजेता र उपविजेताले उपमेयर महिला लिगमा सहभागिताको अवसर पाउने छ ।
छनौट चरणको प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।
प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५० हजार र विधागततर्फ उत्कृष्ट हुनेले समान २०-२० हजार पाउने छन् ।