सुनकोशीलाई हराउँदै कनकाइ क्वार्टरफाइनलमा
२०२१ नोभेम्बर ८, सोमबारखेलपाटी संवाददाता

कठमाडौं । उपमेयर कप राष्ट्रिय महिला लिग छनोट प्रतियोगितामा कनकाइ नगरपालिका झापा क्वार्टरफाइनल प्रवेश गरेको छ ।
सोमबार एन्फा टेक्निकल सेन्टर सातदोबाटोमा सुनकोशी नगरपालिका सिन्धुपाल्चोकलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै कनकाइ अन्तिम ८ मा प्रवेश गरेको हो ।
पेनाल्टी सुटआउटमा कनकाइले सुनकोशीलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमा गरिएको थियो ।
कनकाइले क्वार्टरफाइनलको खेलमा कैलालीको गोदावरी नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।