मछिन्द्रद्धारा जाउलाखेल पराजित
२०२१ नोभेम्बर ८, सोमबारखेलपाटी संवाददाता

काठमाडौं । प्रि–सिजनको मैत्रीपूर्ण खेलमा मछिन्द्र फुटबल क्बलले जाउलाखेल युथ क्लबलाई पराजित गरेको छ ।
एन्फा कम्पलेक्स सात्तदोबाटोमा भएको खेलमा मछिन्द्रले जाउलाखेललाई ४–३ गोल अन्तरले पराजित गरेको हो ।
नयाँ सिजनको ए डिभिजन लिगको तयारी स्वरुप दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।
मछिन्द्रको जितमा अभिषेक रिजाल, अभिषेक गुरुङ, रेजिन सुब्बा र अभियान प्रधानले समान एक–एक गोल गरे ।
जाउलाखेलका लागि फलोरेन्ट कोअरा, विजय सिंह ठकुरी र विपिन कँडेलले एक–एक गोल गरे ।
यस अघि मछिन्द्रले पुलिस क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो ।
कात्तिक २९ गतेबाट सुरु हुन लागेको ए डिभिजन फुटबल लिगका लागि क्लबहरु अहिले आन्तरिक प्रशिक्षणमा रहेका छन् ।
ए डिभिजनका क्लबहरुले आपसमा प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण फुटबल पनि खेलिरहेका छन् ।