काठमाडौं । म्यान्चेस्टर सिटीसँग म्यान्चेस्टर डर्वीमा पराजय भोगेपछि म्यान्चेस्टर युनाइटेडमाथि आफ्ना मुख्य प्रशिक्षक ओले गनर सोल्सारलाई वर्खास्त गर्न दवाव बढ्दै गएको छ ।
इंग्लीस प्रिमियर लिग अन्तर्गत युनाईटेडले सिटीसँग २–० ले पराजित हुनुसाथै लिभरपुलसँग ५–० ले लज्जास्पद हार ब्योहोरेपछि सोल्सारका समर्थकहरुले समेत उनले
युनाईटेडलाई जहा पुर्याउनुपर्ने थियो त्यो ठाउँमा पुर्याइछाडेको बताएका छन् ।
प्रिमियर लिग अन्तर्गत पछिल्ला ६ खेलबाट केवल चार अंक जोडेपनि वल्ड ट्राफोर्डबाट सोल्सारलाई परिवर्तन गर्ने कुनै संकेत देखिएको छैन ।
एस्टन भिल्ला, नर्विच तथा मिडलब्रो जस्ता टिमले आफ्ना प्रशिक्षक बर्खास्त गरिसकेको अवस्थामा सोल्सार सुरक्षित देखिन्छन् ।
युनाईटेडका पूर्व कप्तान ग्यारी नेभिलले युनाईटेडको समस्या चाँडै आईपुगेको बताएका छन् जुन एक हिसाव ठिक छ ।
क्लबमा क्रिस्चीयानो रोनाल्डोको आगमनलाई लिएर खुबै चर्चा परिचर्चा चलेको थियो र रोनाल्डोले आफ्नो पहिलो खेलमा न्यूक्यासलविरुद्ध २ गोल गरे जसले वल्ड ट्राफोल्डमा खुसियाली ल्यायो ।
तर त्यसपछि भने युनाईटेडले १२ मध्ये केवल चार खेलमा जित निकालेको छ । त्यसमध्ये प्रिमियर लिग अन्तर्गत वेस्ट ह्यामविरुद्ध जित निकाले थियो तर केवल वेस्ट ह्यामका मार्क नोवलले पेनाल्टीमार्फत गोल गर्न नसकेपछि मात्र ।
च्याम्पियन्स लिग अन्तर्गत युनाईटेडले भिल्लारियल र एटलान्टाविरुद्ध जित निकाल्दा रोनाल्डोले अन्तिम समयमा गोल गरेका थिए ।
इटालीमा भएको च्याम्यिन्स लिगको खेलमा एटलान्टासँग बराबरी खेल्दा रोनाल्डोलेनै अन्तिम समयमा गोल गरेका थिए ।
अघिल्लो सिजनमा युनाईटेडलाई दोस्रो स्थानमा तथा युरोपा लिगको फाइनलमा पुर्याएपछि युनाईटेडले सोल्सारसँग तीन वर्षको सम्झौता गर्यो ।
सोल्सारले मुख्य प्रशिक्षकका लागि सबैभन्दा योग्य रहेको ठान्दै युनाईटेडका अधिकारीहरु उनीबाट दीर्घकालिन योजनाको अपेक्षा राखेका थिए ।
अलेक्स फर्गुसनले मुख्य प्रशिक्षकबाट सन् २०१३ मा सन्यास लिएपछि युनाईडेटले आफ्ना प्रशिक्षकमाथि कठिन समयमा विश्वास देखाउने प्रयास गरेकोछ । किनभने उनीहरुलाई थाहा छ कि क्लबको विश्वभरी रहेको प्रतिष्ठाका कारण कठिन समयमा जोडदार प्रतिक्रिया आउनेछ भनेर ।
प्रमाणले के देखाउछ भने प्रशिक्षकलाई बर्खास्त गर्नु धेरै कठिन छैन तर त्यस स्थानमा उपयुक्त व्यक्ति ल्याउनु कठिन हुन्छ ।
अझ युनाईटेडले छोटो अवधिका लागि प्रशिक्षकको नियुक्ति चाहदैन ।
उनीहरु यस्तो व्यक्ति चाहन्छ जसले टोली निर्माण गरोस तथा क्लबमा भित्र्याइएका विश्वका उत्कृष्ट खेलाडीहरुसँग एकेडेमीका खेलाडीहरुलाई मिलाएर उनीहरुसँग काम गरोस ।
यस्तो वातावरणमा समाहित हुन सक्ने भनेका माउरिसियो पोचेटिनो, ब्रेन्डन रोजर्स र इरिक टेन ह्याग हुन् । पोचेटिनोले पेरिस सेन्ट जर्मेनसँग जुलाईसम्मका लागि सम्झौता बढाईसकेका छन् ।
रोजर्सले लेस्टरमा गएदेखि प्रस्ताव अस्विकार गरिसकेका छन् भने ह्यागले अयाक्स छाड्ने संकेत देखाएका छैनन र युनाईटेडमा आउने सम्भावना तत्कालका लागि छैन ।
यस्तो अवस्थामा युनाईटेडले सोल्सारलाई बर्खास्त गर्ने सम्भावना भने कम छ ।
-बीबीसीकाे सहयोगमा