एजेन्सी । एसी मिलानले सिरि ए फुटबलको शीर्ष स्थानमा उक्लिने मौका गुमाएको छ ।
आईतबार राति एसी मिलानले इन्टर मिलानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
एसी मिलानले शहरी प्रतिद्धन्दीमाथि बराबरीको नतिजा निकालेपछि लिग तालिकामा अग्रता लिने अवसर गुमाएको छ ।
हाकन कालहानोग्लुको पेनाल्टी गोलमा ११ औं मिनेटमा इन्टर मिलान अघि बढेको थियो ।
लत्तगै स्टेफन डी भर्जको फ्रि–किक गोलमा एसी मिलानले बराबरी गोल फर्काएको थियो ।
इन्टर मिलानका लौटारो मार्टिनेजको पेनाल्टी असफल बनेको थियो भने एलेक्सिस सेलेमेकर्सको प्रहार पोस्टमा लागेर फर्किएको थियो ।
एसी मिलानका ज्लाटन इब्राहिमोभिचको शक्तिशाली फ्रि–किकलाई गोलकिपर समिर हान्डानोविकले बचाउ गर्दै पोस्ट बाहिर पठाईदिएका थिए ।
बराबरीको नतिजापछि एसी मिलान ३२ अंक सहित दोस्रो स्थानमा छ । शीर्ष स्थानको नापोलीको समेत समान ३२ अंक छ । इन्टर मिलान २५ अंक सहित तेस्रो स्थानमा छ ।