एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा टोेटनहमले एभर्टनसँग गोल रहित बराबरी खेलेको छ ।
नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पहिलो लिग खेलमा टोेटनहमले गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
जिम्मेवारी सम्हालेपछि कोन्टेले केही दिनमात्र खेलाडीसँग तयारी गर्न पाएका छन् । गत बिहिबार मात्र उनले युरोपा लिगमा भिटेसेमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेका थिए ।
टोटेनहम लिगमा एभर्टनविरुद्ध गोलकै लागि संघर्ष गर्नपर्यो । टोटेनहमले एभर्टनविरुद्ध कुनै गतिलो आक्रमण पस्किन सकेन ।
राफेल बेनिटेजको नेतृत्वमा पछिल्लो हप्ता एभर्टनले खेलमा राम्रो सुधार गरेको छ । दोस्रो हाफमा एभर्टनले पेनाल्टीको अवसर पाउने देखिएको थियो । तर रेफ्रीले एभर्टनलाई पेनाल्टीको अवसर भने दिएनन् ।
टोटेनहम १६ अंक सहित तालिकाको नवौं स्थानमा छ । एभर्टन १५ अंक सहित तालिकको ११ औं स्थानमा छ ।
आईतबार रातिनै भएको खेलमा आर्सनलले वाटफोर्डविरुद्ध १–० को जित निकाल्यो । आर्सनलको जितमा स्मिथ रोयले विजयी गोल गरे ।
अर्को खेलमा लेस्टर सिटीले घरेलु टोली लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
लिड्सका राफिन्हाले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमा बार्नेसले बराबरी गोल फर्काएका थिए ।