एजेन्सी । इटालियन सिरि ए फुटबलमा प्रशिक्षक जोसे मौरिन्होको संघर्ष जारी छ ।
शनिबार मौरिन्हो नेतृत्वको रोमाले अर्को हार ब्यहोरेको छ ।
इटालियन जायन्ट रोमालाई घरेलु टोली भेनेजियाले ३–२ ले स्तब्ध पारेको हो ।
रोमाले पछिल्ला ७ खेल मध्य एक खेलमा जित निकालेको छ । क्लब शीर्ष स्थानको नापोली भन्दा १२ अंकले पछि परेको छ ।
मटिया काल्डाराले खेलको तेस्रो मिनेटमै घरेलु टोलीलाई अघि बढाएका थिए ।
त्यसपछि एल्डोर सोमुरोदोव र टोमी अब्राहमको गोलमा पहिलो हाफ अघि रोमाले २–१ को अग्रता लिएको थियो ।
दोस्रो हाफमा माटिया अरामुको पेनाल्टी गोल र डेभिड ओकेरेकेको गोलमा घरेलु टोली भेनेजिया विजयी बन्यो ।
रोमाले पछिल्ला ७ खेलमा ४ खेलमा पराजित बनेको छ । भेनेजियाले यस सिजन तेस्रो खेलमा जित निकालेको छ ।
पहिलो पटक टिमले यस सिजन एकै खेलमा तीन बढी गोल गरेको हो । जित सहित भेनेजिया १२ अंक सहित १४ औं स्थानमा छ । रोमा १९ अंक सहित पाँचौ स्थानमा छ ।