एजेन्सी । सिरि ए फुटबलमा युभेन्ट्सले संघर्षपूर्ण जित निकालेको छ ।
शनिबार राति युभेन्ट्सले फ्लोरेन्टिनालाई १–० गोल अन्तरले हराएको हो ।
फ्लोरेन्टिनाको जितमा जुआन कुआड्राडोले विजयी गोल गरे । दोस्रो हाफको इन्जुरी समयमा गोल गर्दै कुआड्राडोले युभेन्ट्सलाई तीन अंक दिलाए ।
खेल सकिन १२ मिनेट अघि कुआड्राडो वैकल्पिक खेलाडीकाे रुपमा मैदान छिरेका थिए ।
बिन्सेन्जो इटालियनोको टिम फ्लोरेन्टिना ७३ औं मिनेटमा १० खेलाडीमा सिमित बनेको थियो । मिलेन्कोविक दोहोरो पहेलो कार्ड खादै मैदान बाहिरिएपछि पाहुना टाेली १० खेलाडीमा सिमित बनेको थियो ।
पछिल्लो तीन खेलमा जित विहिन बनेको युभेन्ट्सले सिरि एमा तीन अंक जोडेको छ ।
युभेन्ट्स १८ अंक सहित तालिकाको आठौं स्थानमा छ । समान अंक रहेको फ्लोरेन्टिना तालिकाको सातौं स्थानमा छ । शीर्ष स्थानको नापोली भन्दा युभेन्ट्स १३ अंकले पछि छ ।