एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले निराशाजनक बराबरी खेलेको छ ।
आईतबार राति बार्सिलोनाले सेल्टा डी भिगोसँग ३–३ गोलको बराबरी खेलेको हो ।
सुरुवाती तीन गोलको अग्रतालाई जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्न बाध्य भयो ।
अंशु फाती, सर्जियो बुस्केट्स र मेम्फिस डेपेले गोल गर्दै बार्सिलोनलाई ३–० ले अघि बढाएका थिए ।
तर दोस्रो हाफमा लगातार तीन गोल गर्दै सेल्टा भिगोले खेल बराबरीमा ल्यायो ।
सेल्टा भिगोका लागि लागो अस्पासले दुई तथा नोलिटोले एक गोल गरे ।
शनिबार मात्र बार्सिलोनाले जाभी क्लब फर्कने पक्का गरेको थियो । उनले सोमबारदेखि आधिकारिक रुपमा क्लबको जिम्मेवारी लिनेछन् ।
जाभीले नवौं स्थानमा रहेको बार्सिलोनाको नेतृत्व गर्नेछन् । शीर्ष स्थानको रियल मड्रिड भन्दा बार्सिलोना १० अंकले पछि छ ।