एजेन्सी । स्पेनिस लिगमा रियल मड्रिडले रियो भालेकानोलाई हराएको छ ।
शनिबार राति रियल मड्रिडले रियो भालेकानोलाई २–१ गोल अन्तरले हराएको हो ।
रियलको जितमा टोली क्रुस र करिम बेन्जिमाले एक एक गोल गरे । रियो भालेकानोका लागि राडामेल फाल्काओले एक गोल फर्काएका थिए ।
खेलमा अग्रता रियले १४ औं मिनेटमा क्रुसको गोलबाट लिएको थियो । ३८ औं मिनेटमा बेन्जिमाले रियकाले अग्रता दोब्बर बनाए ।
दोस्रो हाफको अन्त्यतिर फाल्काओले रियो भालेकानोका लागि एक गोल फर्काएका थिए ।
खेलमा बेन्जिमाले धेरै अवसर खेर फालेका थिए । भिनिसियसले समेत प्राप्त अवसरमा गोल गर्न सकेनन् । मार्को एसेन्सियो गोलको नजिकबाट चुकेका थिए ।
जित सहित शीर्ष कोर्लोस एन्सेलोटीको टिमले दोस्रो स्थानको रियल सोसिडाडसँग दुई अंकको अग्रता लिएको छ ।
शीर्ष स्थानको रियलको २७ अंक छ । भालेकानो २० अंक सहित तालिकाको छैटौं स्थानमा रहेको छ ।