एजेन्सी । नर्विच सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सिजनको पहिलो जित दर्ता गरेको छ ।
शनिबार राति नर्विचले घरेलु टोली ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले हराएको हो ।
प्राप्त जितसँगै नर्विचले पुछारबाट एक स्थान सुधार गरेको छ ।
ब्रेन्टफोर्डको मैदानमा म्याथिस नोरम्यानले नर्विचलाई सुरुवाती अग्रता दिलाएका थिए ।
टिमु पुकीले २९ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै नर्विचको अग्रतालाई दोब्बर बनाउने काम गरे ।

६० औं मिनेटमा रिको हेनरीले घरेलु टोलीलाई खेलमा फर्काउने कोशिश गरेका थिए ।
दोस्रो हाफमा ब्रेन्टफोर्डले खेलमा दबाब बनाएको थियो । ब्रायन म्बयुमोको गोललाई रेफ्रीले अफसाइड दिए भने घरेलु टोलीले दोस्रो हाफमा एक गोल मात्र फर्काउन सक्यो ।
नर्विचले तीन अंक जोड्दै तालिकामा एक स्थान सुधार गरेको छ र १९ औं स्थानमा उक्लिएको छ । ब्रेन्टफोर्ड १२ अंक सहित १४ औं स्थानमा छ ।