मेस्सीले पिएसजीको अर्को खेल गुमाउने
२०२१ नोभेम्बर ६, शनिबारखेलपाटी संवाददाता

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पिएसजी)का फरवार्ड लियोनल मेस्सीले फ्रान्सेली लिग वान अन्तर्गतको बोरडियक्सविरुद्धको खेल गुमाउने भएका छन् ।
घुँडाको चोटका कारण सनिबार हुने खेल मेस्सीले गुमाउने क्लबका मुख्य प्रशिक्षक माउरिसियो पोचेटिनोले जनाए ।
मेस्सी च्याम्पियन्स लिग अन्तर्गत लेजपिगविरुद्ध पिएसजीले २–२ को बराबरी खेल्दा मैदान बाहिर थिए ।
बार्सिलोनाबाट पिएसजी आएका मेस्सीले केवल आठ खेल खेलेका छन् ।
लिग वान अन्तर्गत पिएसजीले १२ खेलमा ३१ अंक जोड्दै शीर्ष स्थानमा छ ।
क्लबको खेल गुमाउने भएपनि अर्जेन्टीनाले विश्वकप छनोट अन्तर्गतको खेलका लागि ३४ वर्षीय मेस्सीलाई टोलीमा समावेश गरिएको छ ।
अर्जेन्टीनाले विश्वकप छनोटमा नोभेम्बर १३ तारिखमा उरुग्वे तथा १७ तारिखमा ब्राजिल विरुद्ध खेल्ने तालिका रहेको छ ।