एजेन्सी ।
कतारी क्लब अल सादले चाहेको भए, जाभी बार्सिलोना जान पाउने थिएनन् ।
कतारीको लिगको च्याम्पियन अल साद अहिले उत्कृष्ट लयमा छ, टिम पछिल्ला ३६ खेलमा अपराजित छ । फेरि लिग अहिले निर्णायक मोडमा छ ।
यस्तोमा प्रशिक्षक जाभीलाई अन्यत्र जान दिनु ठीक थिएन । तर अल सायद दयालु पनि रहेछ ।
उसले जाभीलाई बार्सिलोना जान कुनै प्रकारको तगारो तेर्साएन् ।
बरू भन्यो, बार्सिलोना अहिले नाजुक मोडमा छ । उसलाई जाभी चाहिएको छ । जाभी आफै पनि आफ्ना पूर्व क्लब जान चाहन्छन् ।
अल साद र बार्सिलोनाका पदाधिकारीबीच लामो छलफलपछि जाभी क्याटलान क्लबको प्रशिक्षक हुने तय भइसकेको छ ।
त्यसैले अल सादले भनेको छ, ‘हामी सबै जाभीलाई धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौं ।’

अझ जाभीले अल सादका खेलाडीसँग बिदा पनि मागेका छन् र त्यस बेला उनी खुबै भावनात्मक रहे र आँसु समेत रोक्न सकेनन् ।
यो स्वभाविक पनि थियो, किनभने अल साय नै त्यस्तो क्लब थियो, जसले उनलाई प्रशिक्षक हुने बाटो खोलिदिएको थियो ।
सुरुमा उनी खेलाडी बनेर आएका थिए, अहिले दुई वर्षयता प्रशिक्षक छन् ।
जाभी आफै पनि बैगुणी छैनन् ।
उनलाई पनि थाहा छ, अल सादले उनका लागि कति धेरै गरेको छ । तर अहिले स्थिति कस्तो भएको छ भने उनलाई बार्सिलोना नगएर सुख छैन ।
–मिररको सहयोगमा ।