एजेन्सी ।
युभेन्ट्समा खुसी हुन नसकेका क्रिस्टियानो रोनाल्डो इटाली छाडेर अन्यत्रै जान चाहन्थे ।
उनीसामु दुई विकल्प थियो, रियल म्याड्रिड जाने अथवा म्यानचेस्टर सिटी जाने ।
लियोनल मेसी पेरिस सेन्ट जर्मेन जाने भएपछि रोनाल्डो पनि नयाँ विकल्पको खोजीमा थिए । रियलमा जाने सम्भावना नरहेपछि उनी सिटीमै भए पनि जान चाहन्थे ।
लगभग तय भइसकेको अनुबन्धका कारण उनी म्यानचेस्टर उडिरहेका थिए ।
तर उनी चढेको विमान त म्यानचेस्टर ओर्लियो तर रोनाल्डोले रोजे, म्यानचेस्टर युनाइटेड ।
इंग्लिस प्रिमियर लिगमा शनिबार हुने खेलमध्ये सबै भन्दा प्रमुख रहेको छ, म्यानचेस्टर डर्बी । त्यसो भनेको युनाइटेडविरुद्ध सिटी ।
तय छ, यो खेलको केन्द्र विन्दू तीनै पोर्चुगाली खेलाडी रोनाल्डो हुनेछन् ।
उनी किन सिटी छाडेर युनाइटेड गए त ?
भर्खरै बेलायती पत्रिका द डेली स्टारले त्यसको रहस्य खुलाएका छन् ।
त्यसका अनुसार, सिटी गइरहेका रोनाल्डोलाई युनाइटेडका पूर्व व्यवस्थापक एलेक्स फर्गुसनले फोन गरे । फोनको कुराकानी खालि २० सेकेन्डको मात्र थियो ।
तर यत्तिकै समयमा भएको कुराकानीपछि रोनाल्डो सिटी गएनन्, बरू उल्टै युनाइटेड आए ।
फर्गुसन रोनाल्डोका लागि ‘गड फादर’ हुन् ।
रोनाल्डोले अहिलेसम्म तय गरेको सफल फुटबल खेलाडीको यात्रामा सबैभन्दा बढी योगदान कसैको छ भने फर्गुसनकै छ । युनाइटेडमा हुँदा फर्गुसनकै रेखदेखमा उनी हुर्के बढे ।
यस्तोमा उनले आफ्नै गड फादर’ को कुरा सुने ।
त्यसपछि सबैले भन्ने गरे जस्तै, जे भयो, त्यो इतिहास भयो ।