काठमाडौं । घुँडाको चोट बोकेपनि अर्जेन्टीनाले आफ्ना स्टार स्ट्राइकर लियोनल मेस्सीलाई विश्वकप फुटबल छनोटका लागि टोलीमा बोलाएको छ ।
अर्जेन्टीनाले मेस्सीलाई उरुग्वे र ब्राजिलविरुद्धको खेलका लागि टोलीमा बोलाएको हो ।
अर्जेन्टीनाले उरुग्वे विरुद्ध नोभेम्बर १३ तारिख र ब्राजिलविरुद्ध नोभेम्बर १७ मा खेल्नेछ ।
चोटका कारण पेरिस सेन्ट जर्मेन (पिएसजी)ले च्याम्पियन्स लिग अन्तर्गत बुधबार लेइपजिगविरुद्धको खेलका लागि मेस्सीलाई टोलीमा समावेश गरेको थिए ।
पिएसजीले लेइपजिगसँग २–२ गोलको बराबरी खेलेको थियो ।
तर अर्जेन्टीनाका प्रशिक्षक लियोनल स्कालोनीले मेस्सीलाई टिममा बोलाएको हो ।
स्कालोनीले अन्य ६ जना युवा खेलाडीहरुलाई समेत टोलीमा समावेश गरेको छन् ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत अर्जेन्टीनाले ११ खेलबाट २५ अंक जोडेको छ ।
अर्जेन्टीनालाई वर्ष कतारमा हुने विश्वकपका लागि छनोट हुन केवल दुई जितको आवश्यकता छ ।