एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बोरुसिया डर्टमण्डले डच क्लब अजाक्ससँग स्तब्धपूर्ण नतिजा ब्यहोरेको छ ।
बुधबार राति समूह सीको खेलमा अजाक्सले डर्टमण्डलाई ३–१ गोल अन्तरले पराजित गर्यो ।
जर्मन महारथी डर्टमण्डलाई हराउँदै अजाक्सले च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
शतप्रतिशत जित सहित अजाक्सले समूह सीको खेलमा १२ अंक जोड्यो । दोस्रो स्थानको डर्टमण्ड र स्पोर्टिङ लिस्वोनको समान ६ अंक रह्यो ।
खेलको २९ औं मिनेटमा माट हम्मेल्सले रातो कार्ड खाएपछि डर्टमण्ड १० खेलाडीमा सिमित बनेको थियो ।

जूड बेर्लिगममाथि फल भएपछि डर्टमण्डले पेनाल्टीको अवसर प्राप्त गरेको थियो । त्यसमा मार्को रिसले गोल गर्दै घरेलु टोली डर्टमण्डलाई अघि बढाएका थिए ।
दोस्रो हाफमा लगातार तीन गोल गर्दै अजाक्स खेलमा फर्किएको थियो । अजाक्सका लागि दोस्रो हाफमा डुसन टाडिक, सेबेस्टियन हालर र डेवी क्लासेनले गोल गरेका थिए ।
डर्टमण्डका हम्मेल्स र बेर्लिगमले केही सुन्दर अवसर गुमाएका थिए ।
अजाक्स १२ अंक सहित शीर्ष स्थानमा रहदै नकआउट चरण प्रवेश गर्यो । डर्टमण्ड र स्पोर्टिङको समान ६ अंक छ । बेसिक्तास अंक विहीन हुँदै तालिकाको पुछारमा छ ।