एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आरबी आइपेजिगसँग बराबरी खेलेको छ ।
बुधबार राति समूह एको खेलमा पीएसजीले आरबी आइपेजिगसँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो ।
लिभरपुलका पूर्व मिडफिल्डर जर्जिनियो विजनाल्डमले दुई गोल गर्दै पीएसजीलाई जित नजिक पुर्याएका थिए । तर इन्जुरी समयमा गोल फर्काउँदै जर्मन क्लब लाइपेजिगले फ्रान्सेली क्लबसँग अंक खोस्न सफल रह्यो ।
घरेलु टोली लाइपेजिगले आठौं मिनेटमा क्रिस्टोफर नन्कुकुको गोलमा सुरुवाती अग्रता लिएको थियो ।
पाहुना टोली पीएसजीका विजनाल्डमले २१ औं मिनेटमा केलियन एम्बाप्पेको पासलाई सदुपयोग गर्दै खेल बराबरीमा ल्याएका थिए ।
विजनाल्डमले मार्किन्होसको पासमा ३९ औं मिनेटमा पीएसजीलाई अग्रता दिलाएका थिए ।
तर इन्जुरी समयमा लाइपेजिगका डोमिनिक जोबोस्ज्लेले गोल गर्दै पीएसजीलाई निराश पारे ।
पीएसजी मुख्य फरवार्ड लियोनल मेस्सी बिनै मैदान उत्रिएको थियो ।
बराबरीको नतिजाले पीएसजीलाई समूह एको शीर्ष स्थानमा म्यानचेस्टर सिटीले उछिनेको छ । सिटीले बुधबार रातिनै बेल्जियमको क्लब ब्रुगिसलाई ४–१ गोल अन्तरले हराएको थियो ।
पीएसजी ८ अंक सहित दोस्रो स्थानमा छ । लाइपेजिगले चार खेलमा पहिलो अंक जोड्न सफल रह्यो ।