एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा लिभरपुलले एट्लेटिको मड्रिडलाई पराजित गरेको छ ।
बुधबार राति एनफिल्डमा लिभरपुलले एट्लेटिको मड्रिडलाई २–० ले हराएको हो ।
लिभरपुलको जितमा जोटा र मानेले एक एक गोल गरे ।
आरामदायी जित सहित लिभरपुल च्याम्पियन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।
उसले १० खेलाडीमा सिमिति एट्लेटिकोमाथि जित निकाल्दै समूह विजेता बन्ने तय गर्यो ।
डिएगो जोटाले सुरुवातमै लिभरपुललाई अग्रता दिलाएका थिए । खेलको १३ औं मिनेटमा जोटाले एलेक्जेन्डर अर्नोल्डको पासमा घरेलु टोलीलाई अघि बढाएका थिए ।
त्यसको ८ मिनेटमा मानेले लिभरपुलका लागि दोस्रो गोल थपेका थिए । त्यस गोलका लागि समेत मानेले अर्नोल्डकै पास सदुपयोग गरे ।

खेलको ३६ औं मिनेटमा फिलिप रातो कार्ड खादै मैदान बाहिरिएपछि एट्लेटिको १० खेलाडीमा सिमित बनेको थियो ।
लिभरपुल सतप्रतिशत जित सहित च्याम्पियन्स लिगको अन्तिम १६ मा पुगेको छ । गत अप्रिलमा च्याम्पियन्स लिगको क्वार्टरफाईनलमा रियल मड्रिडसँग पराजित भएपछि लिभरपुलले प्रतियोगितामा हार ब्यहोरेको छैन ।
सोही समूहको अर्को खेलमा एसी मिलान र पोर्चुगलको एफसी पोर्टोले १–१ गोलको बराबरी खेले ।
पोर्टोका डियाजले छैटौ मिनेटमा पाहुना टोलीलाई खेलमा अघि बढाएका थिए । पोर्टोका मबेम्बाले ६१ औं मिनेटमा आत्मघाति गोल गरेपछि खेल बराबरीमा आएको थियो ।
समूह बीमा लिभरपुलको ४ खेलबाट १२ अंक छ । दोस्रो स्थानको पोर्टोको ५, तेस्रो स्थानको एट्लेटिको मड्रिडको ४ र एसी मिलानको १ अंक छ ।