काठमाडौं । प्रि–सिजनको मैत्रीपूर्ण फुटबल खेलमा मछिन्द्र क्लब र पुलिस क्लबले बराबरी खेलेका छन् ।
बुधबार पुलिस हेडक्वार्टरमा भएको प्रि–सिजन खेलमा मछिन्द्र र पुलिसले १–१ गोलको बराबरी खेलेका हुन् ।
नयाँ सिजनको ए डिभिजन लिगको तयारी स्वरुप दुवै टिम मैत्रीपूर्ण खेलमा उत्रिएका थिए ।
मछिन्द्रका लागि डिफेन्डर देबेन्द्र तामाङले गोल गरेका थिए । पुलिसका रवि पासवानले गोल गरे ।
कात्तिक २९ गतेबाट सुरु हुने ए डिभिजन लिगका लागि क्लबहरु आन्तरिक प्रशिक्षणमा छन् । ए डिभिजनका क्लबहरुले आपसमा प्रि–सिजन अन्तर्गत मैत्रीपूर्ण फुटबल पनि खेलिरहेका छन् ।
बुधबारनै मनाङ र थ्री स्टारले मैत्रीपूर्ण फुटबल म्याच खेलेका थिए । सो खेलमा थ्री स्टारले मनाङलाई हराएको थियो ।
कात्तिक २९ गते सुरु हुने ए डिभिजन लिगमा घरेलु फुटबलमा १४ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।