झापा । फाक्तेप फुटबल क्लबको आयोजनामा पहिलो संस्करणको फाक्तेप गोल्डकप फुटबल हुने भएको छ ।
झापाको शिवशताक्षीस्थित श्री बाल सेवा आधारभुत विद्यालयको खेल मैदानमा हुने प्रतियोगिता मंसिर ११ देखि १८ गतेसम्म चल्नेछ ।
प्रतियोगितामा झापा, इलाम, मोरङ्ग, सुनसरी र सिन्धुली जिल्लाका ८ टिमले सहभागीता जनाउने आयोजकले बताएको छ ।
प्रतियोगितामा इलामको माइ भ्याली फुटबल क्लब, झापाको जलथल फुटबल क्लब, मोरङ्गको पथरी स्पोर्टिङ क्लब, आयोजकको फाक्तेप फुटबल क्लब, झापाको काँकडभिट्टा फुटबल क्लब, दमकको रोयल स्पोर्टिङ क्लब, सिन्धुलीको दुधौली स्पोर्टिङ क्लब, सुनसरीको धरान फुटबल क्लब रहेका छन् ।
प्रतियोगिताको उपाधि विजेता टिमले १ लाख १ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले ५१ हजार रुपैयाँ हात पार्नेछ ।
प्रतियोगिताको 'म्यान अफ दी म्याच' सहित विधागततर्फका उत्कृष्टलाई नगद पुरस्कारको व्यवस्था गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा करिब १८ लाख २० हजार रुपैयाँ खर्च अनुमान गरिएको आयोजकले बताएको छ ।