एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा आज (बुधबार) राति चार समूहका खेलहरु हुदैछन् ।
समूह बीको खेलमा एट्लेटिको मड्रिड एनफिल्ड क्लब लिभरपुलको भ्रमणमा निस्कनेछ ।
लिभरपुलका पूर्व खेलाडी लुइस सुआरेज एट्लेटिकोको जर्सीमा एनफिल्ड फर्कनेछन् । उनले लिभरपुलबाट सन् २०११ देखि २०१४ सम्म खेल्दै १ सय ३३ खेलमा ८२ गोल गरेका थिए ।
‘जब लुइस सुआरेज यहाँ थिए, ती वर्ष अभूतपूर्व थिए । उनी निकै उत्कृष्ट थिए ।’ लिभरपुलका कप्तान हेन्डरसन सम्झिन्छन् ।
‘हामी सबैलाई थाहा छ, उनी लामो समय शीर्ष खेलाडी रहे । उनले धेरै राम्रा क्षणहरु लिभरपुरमा सिर्जना गरेका थिए ।’ उनले थपे ।
‘यहाँका समर्थकलाई पनि थाहा छ, सुआरेजले यस क्लबका लागि गरेको योगदानको प्रशंसा गर्छन् । मलाई लाग्दैन सुआरेज निकै तनावमा हुनेछन् । त्यसैले खेलको दौरान नभएर खेलपछि उनको स्वागत गर्न राम्रो हुन्छ ।’ उनले भने ।

लिभरपुल प्रशिक्षक योर्गेन क्लोप एट्लेटिको मड्रिडलाई एनफिल्डमा आतिथ्यता प्रदान गर्दै गर्दा समर्थकले खुसीयाली मनाउनुपर्ने बताउँछन् ।
लिभरपुलका मिडफिल्डर फाबिन्हो र थियागो एलकान्टारा दुवै अभ्यासमा फर्किएका छन् । गत हप्तामात्र लिभरपुुलले नाबी केइटालाई ह्यामस्ट्रिङका कारण गुमाएको थियो । सोही समूहको अर्को खेलमा सिरि ए क्लब एसी मिलानले पोर्चुगलको एफसी पोर्टोलाई आतिथ्यता प्रदान गर्नेछ ।
समूह एको अर्को खेलमा म्यानचेष्टर सिटीले बेल्जियनको क्लब ब्रुगिससँग खेल्दा फ्रान्सको पीएसजीले जर्मन क्लब आरबी आइपेजिगको भ्रमणमा निस्कनेछ ।
समूह सीमा जर्मन क्लब बोरुसिया डर्टमण्डले डच क्लब अजाक्सलाई आतिथ्यता प्रदान गर्दा टर्किस क्लब बेसिक्तास पोर्चुगलको स्पोर्टिङ लिस्बोनको भ्रमणमा निस्कनेछ ।
समूह डीमा रियल मड्रिडले युक्रेनको शख्तर डोनेस्कलाई आमन्त्रण गर्दा सिरि ए क्लब इन्टर मिलान माल्डोभनको शेरिफ तिरस्पोलको भ्रमणमा निस्कनेछ ।