एजेन्सी । पाब्लो ड्याबाला प्रेरित युभेन्ट्स च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
मंगलबार राति समूह एचको खेलमा युभेन्ट्सले रुसी क्लब जेन्ट पिटर्सवर्गलाई ४–२ गोल अन्तरले पराजित गर्यो ।
युभेन्ट्सको जितमा पाब्लो ड्याबालाले दुई गोल गरे । फेडेरिको चिएसा र अल्भारो मोराटाले एक एक गोल थपे ।
सुरुवाती अग्रता युभेन्ट्सले खेलको ११ औं मिनेटमा ड्याबालाको गोलमा लिएको थियो । युभेन्ट्समै लियोनार्दो बोनुचीले आत्मघाति गोल गरेपछि २६ औं मिनेटमा खेल बराबरीमा आएको थियो ।

ड्याबालाले ५८ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युभेन्ट्सलाई पुन अग्रता दिलाए ।
चिएसाले ७३ औं मिनेटमा घरेलु टोलीको अग्रतालाई ३–१ को अवस्थामा पुर्याए ।
ड्याबालाको पासलाई सदुपयोग गर्दै ८२ औं मिनेटमा मोराटाले युभेन्ट्सका लागि चौथो गोल गरे ।
पिटर्सवर्गका फरवार्ड सरदार आन्जमौनले खेलको इन्जुरी समयमा गोल गर्दै हारको अन्तर कम गरेका थिए ।
समूह एचबाट नकआउट चरण पुगेको युभेन्ट्सले ४ खेलबाट १२ अंक जोड्यो । उसले दोस्रो स्थानको चेल्सीसँग ३ अंकको अग्रता लियो ।
पिटर्सवर्ग ३ अंक सहित समूहको तेस्रो स्थानमा छ । अघिल्लो चरण पुग्ने उसको गणितिय सम्भावना मात्र बाँकी छ ।