एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा बायर्न म्युनिखले स्पेनिस क्लब बेन्फिकालाई हराएको छ ।
मंगलबार राति समूह इको खेलमा बायर्नले बेन्फिकालाई ५–२ गोल अन्तरले हराउदै नकआउट चरण पुगेको छ ।
बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । च्याम्पियन्स लिगमा सय खेल पुरा गर्दा लेवान्डोस्की प्रेरित बायर्नले शानदार जित आत्मसाथ गर्यो ।
बायर्नका लागि सेग्री ग्नेब्री र लिरो सानेले एक एक गोल थपे ।
बेन्फिकाका लागि रोड्रिक्स डा सिल्भा र नुनेजले समान एक एक गोल गरे ।
पोल्याण्डका फरवार्ड लेवाडोस्कीले च्याम्पियन्स लिगमा चार ह्याट्रिक सहित ८१ गोल पुरा गरेका छन् ।
उनले यस सिजन बायर्नका लागि १८ खेलमा २२ गोल गरेका छन् । उनले च्याम्पियन्स लिगमा मात्र चार खेलमा ८ गोल पुरा गरेका छन् ।
बायर्नले समुहका चारै खेलमा जित निकालेको छ । जर्मन क्लबले समूह चरणको खेलमा १७ गोल गरेको छ । उसले दोस्रो स्थानको बार्सिलोनासँग ६ अंकको अग्रता लिएको छ । बेन्फिका ४ अंक सहित तेस्रो स्थानमा छ ।