एजेन्सी । च्याम्पियन्स लिग फुटबलमा चेल्सीले जित हात पारेको छ ।
मंगलबार राति समूह एचको खेलमा चेल्सीले स्विडेनको माल्मोलाई १–० गोल अन्तरले हराएको हो ।
चेल्सीको जितमा हाकिम जियाचले एक गोल गरे । उनले खेलको ५६ औं मिनेटमा चेल्सीका लागि गोल गरेका थिए । हुडसन ओडिइको पासलाई सदुपयोग गर्दै जियाचले गोल गरेका थिए ।
साविक विजेता चेल्सी च्याम्पियन्स लिगको अन्तिम १६ को नजिक पुगेको छ ।
चेल्सीले माल्मोसमक्ष राम्रो रक्षात्मक खेल प्रर्दशन गर्यो । घरेलु टोली माल्मोले एक प्रहारपनि चेल्सीको पोस्टमा गर्न सकेन ।
चेल्सीले समूह एचमा चार खेलबाट ९ अंक जोडेको छ । लण्डन क्लब युभेन्ट्स भन्दा ३ अंकले पछाडी छ । चेल्सीलाई नकआउट चरण पुग्न अब एक अंक मात्र आवश्यक छ ।