एजेन्सी । टोटेनहमले नयाँ प्रशिक्षकको रुपमा एन्टोनियो कोन्टेलाई अनुबन्धन गर्ने पक्का गरेको छ ।
टोटेनहमले लण्डन क्लब चेल्सीका पूर्व प्रशिक्षकलाई क्लबमा अनुबन्धन गर्ने पक्का गरेको हो ।
नुनो सान्टेलाई बर्खास्त गरेको टोटेनहमले कोन्टेसँग छलफल अघि बढाएको थियो ।
मंगलबार कोन्टेसँग औपचारिक रुपमा बसेर संवाद गरेको टोटेनहमले नयाँ प्रशिक्षकमा कोन्टेलाई पक्का गरेको हो ।
कोन्टेको नेतृत्वमा चेल्सीले प्रिमियर लिगको उपाधि जितेको थियो । कोन्टेले गत सिजनमात्र इन्टर मिलानबाट सिरि एको उपाधि जितेका थिए ।
५२ वर्षिय प्रशिक्षकले इन्टर मिलानलाई ११ वर्षपछि लिग उपाधि जिताएका थिए । उनले गत मेमा क्लब छाड्ने निर्णय गरेका थिए ।
कोन्टेले इन्टरसँग दुई वर्षको सम्झौता गरेका थिए । उनले क्लबसँगको समझदारीमा एक वर्ष अघिनै इन्टर छाडे ।
युभेन्ट्स र इटालीका पूर्व प्रशिक्षक गत समरमै टोटेनहमसँग छलफलमा थिए । उनलाई जोसे मौरिन्होको विकल्पको रुपमा टोटेनहमले क्लबमा अनुबन्धन गर्न चाहेको थियो ।
तर नुनो सान्टो बर्खास्तीमा परेसँगै कोन्टे टोटेनहममा आबद्ध भएका हुन् ।
चार महिनाअघि मात्र टोटेनहममा आबद्ध भएका नुनो १७ खेलमै बर्खास्तीमा परेका हुन् ।