जिदानको पूरा नभएको एउटा सपना
२०२१ नोभेम्बर २, मङ्गलबारखेलपाटी संवाददाता

एजेन्सी ।
अहिले जिनेदिन जिदान खुबै आरामको जीवन बिताइरहेका छन् ।
उनको अधिकांस समय परिवारसँगै बितिरहेको छ । रियल म्याड्रिड छाडेयता उनलाई कुनै प्रकारको तनाव बोक्नु परेको छैन।
तर पनि खेलाडी र प्रशिक्षक दुवैमा सफल यी जिदानले एउटा सपना भने कहिले पनि पूरा गर्न पाएनन् र त्यो हो, मार्सेका लागि कहिले पनि खेल्न नपाउनु ।

खेलाडी छँदा जिदानले बोर्डो, युभेन्ट्स र रियलबाट खेले । तर उनले कहिले पनि मार्सेबाट खेल्न पाएनन् ।
उनी भन्छन्, ‘म मार्सेबाट हुं । मैले सानो उमेरमै मार्से छाडें, तर म समय समयमा यहाँ फर्किरहेको हुन्छ, किनभने म मार्सेको मान्छे हुं । यो नै मेरो परिचय हो र मार्सेप्रति मेरो धारणा यस्तै रहनेछ ।’
हालैको एक अन्तर्वार्तामा उनले भनेका छन्, ‘किशोर उमेरमा म मार्सेको खेल हेर्थें र भन्थे, एक दिन म यही क्लबबाट खेल्ने छुं । तर यो कहिले पनि पूरा भएन् ।’
आफ्नो खेल जीवनलाई लिएर जिदानलाई पक्कै कुनै गुनासो हुने छैन्, तर कम्तीमा उनले मार्सेविरुद्ध पनि खेले र यसमै पनि उनलाई गर्व लाग्छ ।
यस्तोमा एउटा प्रश्न, जिदान त अब अब्बल दर्जाका प्रशिक्षक भइसके, भलै उनले खेलाडी भएर मार्सेका लागि खेलेनन्, के उनी मार्सेका प्रशिक्षक हुने छन् त ?
–मार्काको सहयोगमा ।
यस्तोमा एउटा प्रश्न, जिदान त अब अब्बल दर्जाका प्रशिक्षक भइसके, भलै उनले खेलाडी भएर मार्सेका लागि खेलेनन्, के उनी मार्सेका प्रशिक्षक हुने छन् त ?
सायद ।
अहिले तत्काल मार्सेले प्रशिक्षक जोर्गे साम्पाओलीको नेतृत्वमा खेलिरहेका छ ।
हुन सक्छ, त्यस्तो दिन पनि आउने छ, जति बेला मार्सेले गर्वसँग भन्ने छ, जिदान हाम्रा प्रशिक्षक हुन् ।
–मार्काको सहयोगमा ।