काठमाडौं । मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको फाइनल खेल आज (मंगलबार) हुदैछ ।
प्रतियोगिताको उपाधिका लागि एफई खुमलटार भेट्रान्स क्लब र झापा भेट्रान्स क्लब भिड्दैछन् ।
खेल काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । फाइनल खेलको समय दिउँसो २ बजे निर्धारण गरिएको छ ।
प्रतियोगितामा ३५ वर्षमाथिका खेलाडीका लागि भेट्रान्सको रुपमा सहभागी गराईएको छ । जसले गर्दा समकालिन फुटबलका ठुला नामहरु भेट्रान्स फुटबलमा देखिएका छन् ।
झापा हरी खड्काको कप्तानीमा मैदान उत्रनेछ । जहाँ मछिन्द्र क्लबमा प्रशिक्षक प्रवेश कटवालदेखि विष्णुकुमार सुनुवारसम्म मैदानमा देखिनेछन् । खुमलटारको जर्सीमा जुमानु राईदेखि राजकुमार घिसिङ लगायतका खेलाडी छन् ।
नेपाल आर्मी भेट्रान्स क्लबलाई हराउँदै झापा फाइनल पुगेको हो भने खुमलटारले सेमिफाइनलमा एसएनकेसीलाई पराजित गरेको हो ।
प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछ ।
विधागततर्फको पुरस्कार समेत राखिएको आयोजकले जनाएको छ । प्रतियोगितालाई फुटबलर्स मिसन टुगेदरले आयोजना गरेको हो ।