काठमाडौं । टोटनहम फुटबल क्लबले आफ्ना मुख्य प्रशिक्षक नुनो इस्पीरिटो सान्टोलाई बर्खास्त गरेको छ ।
इंग्लिस प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँग ३–० ले पराजित भएलगतै टोटनहमले प्रशिक्षक सान्टोलाई वर्खास्त गरेको हो ।
सान्टोले टोटनहममा केवल चार महिना विताएका थिए ।
टोटनहमले पछिल्ला सात मध्ये पाँच खेलमा पराजय भोगेको छ ।
टोटेनहम प्रिमियर लिगमा १५ अंकसहित आठौंस्थानमा छ भने शीर्ष स्थानको चेल्सीको २५ अंक छ ।
४७ वर्षीय सान्टोलाई टोटेनहमले गत जुनमा दुई वर्षका लागि क्लबमा भित्र्याउने सम्झौता गरेको थियो ।