काठमाडौं । एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविचले पेरिस सेन्ट जर्मेन (पिएसजी)का स्ट्राइकर केलियन एमबाप्पेलाई विश्वकै उत्कृष्ट खेलाडी बन्न आफ्ना वरीपरी विरोधीलाई राख्नुपर्ने सुझाव दिएका छन् ।
स्वीडेनका स्ट्राइकर इब्राहिमोविचले एमबाप्पेले आफैलाई चोट पुर्याए धेरै बलियो हुने दावी गरे ।
‘म एमबाप्पेलाई माया गर्छु, तर उसले पर्याप्त काम गरिरहेको छैन । यदि उसले आफैलाई चोट पुर्यायो भने उनी धेरै बलिया बन्न सक्छन,’ इब्राहिमोविचले भने ।
‘आफूलाई यस्ता मानिसहरुले घेर जसले तिमीलाई धेरै राम्रा छैनौ भन्छन, अनि तिमी उत्कृष्ट बन्छौ,’ इब्राहिमोविचले सुझाव दिए ।
एमबाप्पेले यस सिजनमा पिएसजीका लागि ६ गोल गरिसकेका छन् भने उनले फ्रान्सले युईएफए नेसन्स लिगको उपाधि हात पार्दा फाइनलमा विजयी गोल गरेका थिए ।
२२ वर्षीय एमबाप्पे यस वर्षको बालोन डि’ओर अवार्डको मनोनयमा परेका छन् ।
तर इब्राहिमोविचले एमबाप्पेले अझै धेरै गर्नुपर्ने धारणा व्यक्त गरे ।
इब्राहिमोविचको सुझाव अनुसार एमबाप्पेले आफ्नो खेलमा सुधार गर्नुपर्नेछ ।