काठमाडौं । गौरिगंगा नगरपालिका उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगिताको नकआउट चरणमा पुगेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमबार बराहक्षेत्र नगरपालिकालाई ४-० गोल अन्तरले हराउँदै गौरिगंगा नकआउट चरणमा पुगेको हो ।
गौरिगंगाको जितमा प्रतिक्षा चौधरी, मन्जली कुमारी योन्जन, गंगा कुमारी चौधरी र ललिता कुमारी भाटले एक एक गोल गरिन् ।
जितसँगै समूह 'आई' को गौरिगंगाले २ खेलमा ४ अंक जोड्यो । र, शीर्ष स्थानमा रहदै नकआउट चरणमा पुगेको हो ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।