काठमाडौं । अर्जेन्टीनामा एक तेस्रो डिभिजनको फुटबल टोलीका मुख्य प्रशिक्षकमाथि गोली प्रहार भएको छ ।
मेन्डोजा प्रान्तको फेरो डि जेनरल पिको क्लबका प्रशिक्षक माउरिसियो रोमेरोमाथि गोली प्रहार भएको हो ।
रोमेरोको पाखुरामा गोली लागेको थियो । उनको अस्पतालमा उपचार भइरहेको छ ।
पिको क्लब र हुराकन लास हेरास क्लबबीच जारी फुटबल खेलका क्रममा हेरासका समर्थकहरुबीच नै झडप भएको थियो ।
सोही झड्पका क्रममा प्रशिक्षकमाथि गोली चलेको थियो ।

गोली चलेपछि खेलाडीहरु मैदानबाट भागेका थिए भने समर्थकहरु पनि पर्खाल पछाडी लुक्न पुगेका थिए ।
घटनापछि फेडरल ए लिगको सो खेल दोस्रो हाफमा स्थागित गरिएको थियो जतिबेला हेरासले ३–१ को अग्रता बनाएको थियो ।