काठमाडौं । नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' कोचिङ लाइसेन्स प्राप्त गरेका छन् ।
एएफसीले आयोजना गरेको कोर्सबाट नेपालका ४ प्रशिक्षकले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेका हुन् ।
एन्फाले विष्णु गुरुङ, राकेश श्रेष्ठ, बालगोपाल साहुखल र मनिष तिमल्सिनाले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेको जनाएको छ।
यस अघि अनन्त राज थापा, चेतन घिमिरे, सल्यान खड्की र युगल किशोर राईले एएफसी 'ए' लाइसेन्स प्राप्त गरेका थिए ।
यससँगै नेपालमा 'ए' लाइसेन्स प्राप्त गर्ने प्रशिक्षकको संख्या ३९ पुगेको छ ।
एएफसीले गत नोभेम्बरमा कोर्सको आयोजना गरेको थियो । जसमा २० जनाको सहभागिता रहेको थियो ।