काठमाडौं । म्यानचेस्टर युनाइटेडविरुद्धको खेल ३–० ले गुमाएपछि कोही एक जना संकटमा फसेका छन् भने ती हुन्, टोटनहममा व्यवस्थापक नुनो सान्टो ।
लिगले भखैरै १७ खेल मात्र छोएको छ, तर उनी आफै बर्खास्तीको संघारमा पुगेका छन् । टोटनहमका अध्यक्ष ड्यानिएल लेभी र कार्यकारी निर्देशक फाबियो पाराटिचीबीच सान्टोको भविष्यलाई लिएर कुराकानी समेत भइसकेको छ ।
गत जुनमै मात्र उनी टोटनहम आएका थिए । यसअघि यी ४७ वर्षीय प्रशिक्षक अर्को इंग्लिस प्रिमियर लिग क्लब उल्भ्समा थिए । टोटनहमले यस सिजन लिगमा सान्दार सुरुआत पनि लिएको थियो, तर त्यसलाई कायम भने राख्न सकेन् । लिगका पछिल्ला सात खेलमध्ये टोटनहम पाँचमा पराजित रहेकोछ ।
टोटनहम अहिले लिग तालिकाको आठौं स्थानमा छ र शीर्ष स्थानमा रहेको चेल्सीसँग उसको दूरी अहिले नै १० अंक भइसकेको छ । यस्तोमा सान्टोले आफ्नो जागिर गुमाउने लगभग तय मानिन्छ । यस्तोमा प्रश्न, उनीपछि को त ? यसको उत्तर हो, पउलो फोन्सेका । यी ४८ वर्षीय प्रशिक्षक यसअघि रोमामा थिए ।
सिजनको सुरुमा उनले नै टोटनहम हेर्ने लगभग तय भइसकेको थियो । तर किन हो, टोटनहमले मन फेरेरर उनको स्थानमा गनारो गटुसोलाई नियुक्त गर्न खोज्यो । तर यो पनि सम्भव भएन् र सान्टो आए । तर अहिले यिनै सान्टोको स्थानमा फेरि एकपल्ट फोन्सेका आउने कुरा हुन थालेको छ ।
–बीबीसीको सहयोगमा ।