काठमाडौं । इटालियन सिरी ए फुटबलमा एसी मिलानले रोमालाई हराएको छ ।
आइतबार राति भएको खेलमा मिलानले रोमालाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
रोमाको मैदानमा २६ औं मिनेटमा ज्लाटन इब्राहिमोविचले गोल गर्दै मिलानलाई सुरुआती अग्रता दिलाएका थिए ।
यस गोलसँगै इब्राहिमोविचले करियरको ४०० गोल पूरा गरे ।

खेलको ५७ औं मिनेटमा फ्रान्क केस्सीले गोल गर्दै मिलानको अग्रता २-० को बनाए ।
खेलको ६६ औं मिनेटमा थियो हर्नान्डेजले रातो कार्ड पाएपछि मिलान १० खेलाडीमा समेटिएको थियो ।
त्यसपछि खेलको इन्जुरी समयमा रोमाका सारावेले एक गोल फर्काएपनि मिलानले २-१ को जित निकाल्यो ।
यस जितसँगै मिलानले ११ खेलमा ३१ अंक जोडेको छ ।
मिलान दोस्रो स्थानमा रहेको छ ।
रोमा १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
