काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ह्यामले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा वेस्ट ह्यामले १० खेलाडीमा सिमित एस्टन भिल्लालाई ४-१ गोल अन्तरले हराएको हो ।
खेलको सातौं मिनेटमा बेन जोनसनले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिलाएका थिए।
३४ औं मिनेटमा ओली वाट्कीन्सले गोल गर्दै एस्टनलाई १-१ गोलको बराबरीमा ल्याए ।
३८ औं मिनेटमा डिक्लन राइसले गोल गर्दै वेस्ट ह्यामलाई २-१ को अग्रता दिलाए ।

खेलको ५० औं मिनेटमा कोन्साले रातो कार्ड पाएपछि एस्टन १० खेलाडीमा समेटियो।
खेलको ८० औं मिनेटमा पाब्लो फोर्नल्सले गोल गर्दै वेस्ट ह्यामको अग्रता ३-१ को बनाए ।
त्यसपछि खेलको ८४ औं मिनेटमा जारोड बोवेनले गोल गर्दै वेस्ट ह्यामलाई ४-१ को जित दिलाए ।
जितसँगै वेस्ट ह्याम लिगको चौंथो स्थानमा उक्लिएको छ ।
वेस्ट ह्यामले १० खेलमा २० अंक जोडेको छ ।
एस्टन १० अंक जोडेर १५ औं स्थानमा रहेको छ ।
