काठमाडौं । इरान एएफसी यू-२३ एसियन कप फुटबलका लागि छनोट भएको छ ।
आइतबार घरेलु टोली ताजिकिस्तानलाई ३-२ गोल अन्तरले पराजित गर्दै इरान यू-२३ एसियन कपमा छनोट भएको हो ।
ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा इरानलाई जित दिलाउन कप्तान यासिन सलमानीले ह्याट्रिक पूरा गरे ।
ताजिकिस्तानका जेइरोभ इस्लोम र एह्सोनी पान्सनबेले एक एक गोल फर्काए ।
जितसँगै समूह 'बी' को इरानले ३ खेलमा ९ अंक जोड्यो ।
इरान समूह विजेता बन्दै एसियन कपमा छनोट भएको हो ।
यस समूहमा रहेको नेपाल भने जित विहीन बन्दै बाहिरिएको छ ।
उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता २०२२ को जुन १ देखि १९ सम्म हुने तालिका रहेको छ।