काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिड्स युनाईटेडले जित निकालेको छ ।
आइतबार भएको खेलमा लिड्सले नर्विचलाई २-१ गोल अन्तरले हराएको हो ।
खेलको ५६ औं मिनेटमा राफिन्हाले गोल गर्दै लिड्सलाई अग्रता दिलाएका थिए।

खेलको ५८ औं मिनेटमा एन्ड्रयु ओमोबाम्डिलेले गोल गर्दै नर्विचलाई १-१ गोलको बराबरीमा फर्काए ।
त्यसपछि खेलको ६० औं मिनेटमा रोड्रिगोले गोल गर्दै लिड्सलाई २-१ को जित दिलाए ।
जितसँगै लिड्सले १० खेलमा १० अंक जोडेको छ ।
लिड्स १७ औं स्थानमा रहेको छ ।
नर्विच २ अंक जोडेर पुछारमा रहेको छ ।