काठमाडौं । इटालियन सिरी 'ए' फुटबलमा इन्टर मिलानले सहज जित निकालेको छ ।
आइतबार भएको खेलमा इन्टरले उडिनेजेलाई २-० गोल अन्तरले हराएको हो ।
इन्टरको जितमा जोआक्विन कोरियाले दुई गोल गरे ।

खेलको ६० औं मिनेटमा कोरियाले गोल गर्दै इन्टरलाई सुरुआती अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६८ औं मिनेटमा कोरियाले व्यक्तिगत दोस्रो गोल गर्दै इन्टरलाई २-० को जित दिलाए ।
जितसँगै इन्टरले ११ खेलमा २४ अंक जोडेको छ ।
इन्टर तालिकाको तेस्रो स्थानमा रहेको छ ।
उडीनेजे ११ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।
