काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा जित निकालेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार धनकुटा उपमहानगरपालिकालाई ४-० ले हराउँदै गोकर्णेश्वरले जित निकालेको हो ।
गोकर्णेश्वरलाई जित दिलाउन अनिता केसीले दुई गोल गरिन् । एलिसा केसी र अनिता बस्नेतले एक एक गोल गरिन् ।
प्रतियोगितामा ३१ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । सहभागी टोलीलाई एन्फाले १० समूहमा विभाजन गरेको छ ।
प्रतियोगिताको विजेता र उपविजेता टोली महिलाको राष्ट्रिय लिगमा छनोट हुनेछन् ।
यस्तै प्रतियोगिताको विजेताले ५ लाख नगद पुरस्कार पाउने छन् ।
यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।